छोरी पढाउन विशेष प्याकेज : मुख्यमन्त्री राउत

जनतापोस्ट

janataPost

दीपेन्द्र प्रजापति, वीरगञ्ज । प्रदेश नं २ का मुख्यमन्त्री महम्मद लालबाबु राउत गद्दीले छोरी पढाउन विशेष प्याकेज ल्याउने बताएका छन् । उनले ‘बेटी पढाउ घर अघि बढाउ’ अभियान नै सञ्चालन गरेर प्रदेशका छोरीहरूलाई शिक्षित तुल्याउने बताए । वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेलवालाई संघीय संरचनापछि प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा गर्दै बुधबार उनले प्रदेश सरकारको तर्फबाट छोरी पढाउन विशेष प्याकेजको घोषणा हुने जानकारी गराए ।


‘छोरीलाई शिक्षा’ पहिलो प्राथमिकतामा राख्ने सोच प्रदेश सरकारको रहेको उनले जनाएका छन् । ‘विशेष ऐन–नियम ल्याएर छोरीको शिक्षाका लागि विशेष प्याकेज ल्याउछौं,’ मुख्यमन्त्री राउतले भने, ‘छोरीलाई पढाएर छोरासरह अधिकार दिलाउँदै प्रदेशको विकासमा छोरीहरूलाई भूमिका निर्वाह गर्ने अवसर दिन्छौं । प्याकेजमा डोम र मुसहर छात्रालाई छात्रवृत्तिको विशेष प्याकेज हुन्छ ।’विशेष प्याकेजपछि छोरालाई मात्रै पढाउने छोरीलाई नपढाउने चलनको अन्त्य हुने उनको दाबी छ ।  ‘आजका साना नानी भोलि मुलुकको भविष्य हुन्, उनीहरूको पालनपोषण, शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा परिवार र समाजले ध्यान दिनुपर्छ,’ उनले भने ‘बालबालिकामा परिवार र समाजको माया भएन भने मुलुकको विकास सम्भव छैन ।

 

’‘छोरीलाई पढाएर छोरासरह अधिकार दिलाउँदै प्रदेशको विकासमा  भूमिका निर्वाह गर्ने अवसर दिन्छौं । प्याकेजमा डोम र मुसहर छात्रालाई छात्रवृत्तिको विशेष प्याकेज हुन्छ ।’

 

यसअघि मुख्यमन्त्री राउतले ताम्रपत्र पढेर वडाले बालमैत्रीका सबै सूचक पूरा गरेका कारण वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बालमैत्री वडा बन्न सफल भएको घोषणा गरे । समारोहमा बोल्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आफूले सपथ खाएकै दिन नगरलाई बालमैत्री बनाउने निर्णय गरेको स्मरण गरे । उनले बालबालिकाको बृहत्तर विकासका लागि आमाको गर्भदेखि नै उचित स्याहार गर्नुपर्नेमा जोड दिए । उनले देशको भविष्य नै बालबालिकाहरू रहेकोले उनीहरूको भौतिक तथा शैक्षिक अधिकारले मुलुकको भविष्य सबल हुने बताए ।

 

बालमैत्री हुन आवश्यक सूचक
१ हजार ३ सय २५ घरधुरी रहेको वडामा १० हजार ४४ जनसंख्या र ४ हजार ५ सय ४४ बालबालिका छन् । वडाले बालमैत्री वडा घोषित हुनका लागि आवश्यक सबै ३९ वटा सूचक पूरा गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । ३९ सूचकमध्ये एक दर्जन  संस्थागत र बाँकी २७ वटा सेवा प्रवाहबाट निर्धारण गरिएको सूचक रहन्छ ।  

 

सूचक तर्फ ६ महिनासम्मको शिशुलाई आमाले पूर्ण स्तनपान गराएको, एक वर्षभित्रका बालबालिकाले पूर्ण रूपमा  खोप पाएको, ६ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई वर्षको २ पटक भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको, गर्भवती आमाको दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको, गर्भवती महिलाहरूले कम्तीमा प्रसूतिपूर्व ४ पटक र प्रसूतिपश्चात् आमा र नवजात शिशुको कम्तीमा ३ पटक स्वास्थ्य जाँच गराइएको हुनुपर्छ । त्यसैगरी, ५ वर्षमुनिका सम्पूर्ण बालबालिकाको जन्मदर्ता, बालविवाहमा कमी आएको, निकृष्ट प्रकारको बालश्रम दर घटेको, बालहिंसाहरू कम भएको हुनुपर्छ । प्रत्येक विद्यालयमा छात्रछात्राका लागि अलगअलग शौचालय, टोल र वडामा बाल क्लब गठन भई क्रियाशील रहेको, स्थानीय तहको प्रत्येक संरचनामा बाल क्लबको सहभागिता गराइएको, स्थानीय तहले नगर परिषद्मा बालबालिकाका लागि १५ प्रतिशत बजेट छुट्याएको हुनुपर्छ । साथै बालबालिकासम्बन्धी स्थितिपत्र तयारी तथा प्रकाशन र अद्यावधिक भएको हुनुपर्छ । 

 

कार्यक्रममा उपमेयर शान्ति कार्कीले यो कार्यक्रमले प्रदेश नम्बर २मा एउटा नयाँ माहौल उत्पन्न हुने बताउँदै बालबालिकाको अधिकारप्रति सरोकारवाला सबैको ध्यानाकर्षण गराएका थिए । यस्तै, वडा नम्बर ३१का वडाध्यक्ष चुमन चौधरीले बालमैत्री स्थानीय शासन वडा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । युनिसेफ नेपालका रिप्रजेन्टेटिभ रौनक खान, बालिका अनिसा धडेर, पर्साका जिल्ला शिक्षा अधिकारी बर्खु रजत लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको