सातौं स्थानका लागि आज नेपाल र नेदरल्याण्ड भिड्दै

janataPost

काठमाडौं, ३ चैत । आईसीसी एक दिवसीय मान्यता पाएको नेपालले शनिबार विश्वकप छनौट चरणको अन्तिम खेल नेदरल्याण्डसँग खेल्दै छ ।  खेल जिम्बावेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्ट्स क्लबमा हुनेछ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो सवा १ बजेदेखि सुरु हुँदैछ ।

 


गत बिहीबार पपुवा न्यूगिनीविरुद्ध भएको प्लेअफ खेलबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेट टोलीले पाएको हालसम्मकै ठूलो सफलता हो । एक महिनाको बीचमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ हुँदै एकदिवसीय मान्यता पाएको नेपाल विश्वकप छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्को खुसी थप्न चाहन्छ । डब्लुसिएल च्याम्पियनसिप जित्दै १३ देश सहभागी हुने एकदिवसीय प्रतिस्पर्धामा स्थान बनाएको नेदरल्यान्ड्सको लक्ष्य सुपर ६ थियो । सुपर ६ मा पुग्न असफल नेदरल्यान्ड्सका लागि सातौं स्थान पनि महत्वपूर्ण छ ।

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन