पशुपालनबाट मासिक एक लाख आम्दानी

जनतापोस्ट

janataPost

कपिलवस्तु, ३ चैत ।   जिल्लाको वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाटै महिनामा एक लाख रुपैयाँ आम्दानी गर्दै आउएका छन् । चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालनमा संलग्न गिरीले बाख्रा, भैँसी र गाईपालन गर्दै आएका छन् । बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्किएपछि उनले कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरेर २०७० सालदेखि व्यवसायिक कृषिमा लागेका हुन् । तीन बिघा पाँच कट्ठा जमिनमा उनले व्यवसायिक पशुपालन गरेका गिरीले यसका लागि अहिलेसम्म ५५ लाख रुपैयाँ लगानी गरिसकेका छन् । सुरुमा १५० वटा बाख्राबाट पशुपालन थालेका गिरीको फार्ममा अहिले २२ वटा भैँसी र केही गाईसमेत पालिएका छन् । यसमध्ये बाख्रापालनबाट माबै वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानीे हुने गरेको उनले बताए । ‘दूध बेचेर माहिनामा ७० हजारदेखि रु ८० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भने । अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उनको  छ । यस्तै, उन्नत जातका बाख्रा विदेशबाट ल्याउने तयारीमा छन् उनी ।

 

‘विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश फर्किएर कृषि व्यवसायमा हात हालेको हुँ,’ उनले भने । गिरीले स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेका थिए । व्यावसायिक पशुपालनसँगै उनले माछापालन समेत गरेर कृषिलाई विविधिकरण गरेका छन् । गिरीले कृषि फार्ममा खरी, जमुनापारि, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पालेका छन् । ‘कृषिलाई व्यवसायिक स्तरमा व्यापाक विस्तार गर्न राज्यले किसानलाई ऋणमा सहुलियत दिनुपर्छ’, उनले भने ।
 

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड