विशेषज्ञ सेवा प्रदान गर्दै प्रतिष्ठान

जनतापोस्ट

janataPost

हरिकृष्ण कुमाई, जुम्ला । कुनै बेला सामान्य बिरामी पर्दा पनि कर्णालीवासीले उपचार पाउनु त कहाँ हो, कहाँ अञ्चल अस्पतालले रिफर गर्दा पनि हवाइजहाज नपाएर अकालमा नै ज्यान जान्थ्यो । सामान्य बिरामी हुँदा महंगो खर्चेर सुर्खेत, नेपालगञ्जका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँदै आएका कर्णालीवासीले हाल आफ्नै कर्णालीमा विशेषज्ञ सेवा पाउन थालेका छन् । कर्णालीको हुम्ला, डोल्पा र जुम्लामा विशेषज्ञ चिकित्सक नै बसेर सेवा सञ्चालन गर्दै आइराखेका छन् । मुगु र कालिकोट जिल्लामा महिनामा दुई पटकसम्म जिल्ला अस्पतालमै पुगेर विशेषज्ञ सेवा दिँदै आएको छ । यता जाजारकोट जिल्लामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा सञ्चालन गरिरहेको शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले जानकारी दिए । उनका अनुसार सामान्य चोटपटकको उपचारका साथै जटिल खालको शल्यक्रिया कर्णालीमै हुने गरेको छ ।

 

‘विशेषज्ञ सेवाका लागि निश्चित कार्यतालिका बनेको छ,’ उनले भने, ‘आवश्यक परेमा कार्यतालिका भन्दा बढी पटक पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ ।’ कर्णाली प्रदेशका कुनै पनि जिल्लामा महामारी फैलन सक्ने संकेत देखिने बित्तिकै विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै आएको अस्पताल निर्देशक गोसाईले बताए । पछिल्लो समयमा कर्णालीबाटै विशेषज्ञ सेवा सुरु भए पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुँदै आएको उनले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुअघि जुम्लामा कर्णाली अस्पताल थियो । कर्णाली अस्पतालमा चिकित्सक नबस्ने र अहेब, स्टाफ नर्स बस्नाले ठूलो प्रकारको रोगको पहिचान हुन नसकी बाध्य भएर सामान्य खालका बिरामी रेफर हुने गरेको गोसाईंले बताए । तर पछिल्लो समयमा कर्णालीमा बाहिरका बिरामी उपचार गराउन आउने खालको वातावरण सृजना भइरहको छ । स्थानीय कष्ण सार्की, अस्पताल पुग्दाखेरी रोजीछानी चिकित्सकसँग परामर्श र उपचार सेवा लिन पाउँदा निकै खुसी लाग्ने गरेको बताउँछन् । उनले भने, ‘कर्णाली रोगको शिकार छैन, सुविधा सम्पन्न जिल्लाबाट आउने बिरामीलाई समेत औषधि गरेर निको बनाएर पठाउन सक्ने भइसकेको छ ।’ कर्णालीको मौसम अनुसार बिरामीको संख्यामा तलमाथि हुने गरेका छन् । 

 

विशेषज्ञ सेवालाई कर्णाली प्रदेशको सबै जिल्लामा पु¥याउने लक्ष्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्ट्रर विश्वराज काफ्लेले बताए । उनले भने, ‘अहिले स्टाफ, नर्स र एचएको पढाइ भइरहेको छ, केही वर्षपछि एमबिबिएस पढाइ गर्ने जमर्को हँुदैछ ।’ एक दशकपछि चिकित्सक उत्पादन गर्ने कारखानाका रूपमा कर्णालीलाई लिन सकिने उनले बताए । यसका लागि कर्णालीका सबै सरोकारवालाको सकारात्मक भूमिका रहने अपेक्षा रहेको बताए । ‘पहिलो चरणमा जिल्ला अस्पतालमा बिरामीको रोग पहिचान हुन्छ,’ अस्पताल निर्देशक गोसाईले भने, ‘रोगको पहिचान भइसकेपछि सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकलाई सेवा सञ्चालनका लागि खटाइँदै आइएको छ ।’ विशेषज्ञ सेवा सञ्चालनको लागि स्रोत साधनमा पूर्ण रहेको रजिष्टार विश्वराज काफ्ले बताउँछन् । उनले, कर्णालीलाई मेडिकल राजधानीका रुपमा स्थापित गर्न प्रदेश सरकारले पहल गरेको खण्डमा कर्णाली क्षेत्रको विकासमा निकै ठूलो योगदान पुग्न सक्छ भन्दै सहयोगको अपिल गरे ।

 

२०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्थापना भएसँगै यहाँका बिरामी रिफर हुन छाडेका छन् । छनौट समितिका अध्यक्षसहित ६ जना पदाधिकारी, विशेषज्ञ चिकित्सक १६ जना, मेडिकल अफिसर १६ जना लगायत प्रतिष्ठानमा १ सय १५ जना कर्मचारी छन् । अहिले कर्णालीमा हाडजोर्नी, एनएसथेसिया, मेडिसिन, अर्थो, एमडिजीपी, गाइनो, बालरोग विशेषज्ञ र जनरल सर्जन लगायतका सेवा प्रदान हुँदै आएको बताउँदै काफ्लेले भने, ‘कर्णालीका पाँच, दैलेख, अछाम, बाजुरा र जाजरकोट जिल्लालाई  शिक्षण अस्पतालले कार्यक्षेत्र वनाएको छ ।’ संघीयताको कार्यन्वयनसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आफैंमा अन्यौल देखिएको छ । प्रदेश अन्र्तगत रहने होकी, केन्द्र मातहतमा चल्ने हो भन्नेमा अन्यौलता रहेको रजिष्टार काफ्लेले बताए । ‘अहिले केन्द्र सरकारकै मातहतमा चलेको छ, तर प्रदेश सरकारले पनि एकद्धार प्रणालीबाट अघि बढौं भन्ने निर्देशन गरेको छ,’ उनले भने, ‘प्रतिष्ठान जसको मातहतमा रहेपनि सक्दो सहयोग गर्ने सबैको प्रतिवद्धता आइसकेको छ ।’ प्रदेश सरकारको स्वास्थ्य नीति निर्माणमा सहयोग पु¥याउनका लागि क्षेत्रीय अस्पताल सुर्खेत र शिक्षण अस्पतालको संयुक्त कार्यदल बनेको छ । क्षेत्रीय अस्पताल सुर्खेत र जुम्ला प्रतिष्ठानका बीच एक आपसमा समन्वय गरेर लैजाने भन्ने सवाललाई जोडदारका साथ अघि सारिएको छ । कर्णालीको विशेषज्ञ सेवा विस्तार गर्ने र शैक्षिक क्रियाकलाप अघि बढाउने भन्ने विषयमा क्षेत्रीय अस्पताल सुर्खेत सकारात्मक देखिएको छ ।

 

प्रदेश सरकारसँगको छलफलमा कर्णाली प्रदेशको कुनै एक बस्तीलाई अनुसन्धानका लागि छनौट गर्न र बस्तीका हरेक स्वास्थ्य सूचकको पहिचान गर्न सुझाव आएको भन्दै काफ्लेले भने, ‘कर्णाली अस्पतालले समग्र स्वास्थ्य अनुसन्धानका लागि यसअघि नै अभ्यास गरिसकेको छ । नेपाल मेडिकल काउन्सिलको नीति कर्णाली मैत्री हुनुपर्ने, कानुनी अड्चन फुकाएर एमबिबिएस कक्षा सञ्चालन गर्ने वातावरण सृजनाको लागि माग गरिएका र कर्णालीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकेमात्र प्रदेशको आम्दानीमा वृद्धि हुने देखिएको छ ।’

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको