कालीगण्डकी करिडोर पर्वत खण्ड छिचोल्दै

जनतापोस्ट

janataPost

राजु पौडेल, पर्वत । पर्वतको उत्तरदेखि दक्षिण क्षेत्र समेटेको राष्ट्रिय गौरवको आयोजना  पर्वत खण्ड छिचोल्न ७ किलोमिटर वाँकी रहेको छ । स्याङ्जाको आँधीमुहानदेखि पर्वतको अर्मादीसम्मको ५५ किलोमिटर मध्ये अव मोदीवेणीवाट अर्मादीसम्मको ४ किलोमिटर खण्ड र स्याङजाको मोहनडाँडादेखि मिर्मीसम्म ३ किलोमिटर ट्रयाक मात्रै खोल्न बाँकी रहेको छ । 


कालीगण्डकी करिडोर बागलुङ खण्ड र पर्वत खण्ड गरी दुई खण्डमा विभाजित छ । बागलुङ खण्डको ट्रयाक खोल्ने काम नेपाली सेनाले यस अघि नै सम्पन्न गरिसकेको छ भने पर्व खण्ड अन्तर्गत मुडिकुवा–अर्मादी खण्डमा अहिले ट्रयाक खोल्ने काम भइरहेको छ । जस अन्तर्गत मोदीवेणीदेखि अर्मादीसम्म बिद्युतका पोलका कारण र चट्टानमा विस्फोट गर्नुपर्ने कारण काम रोकिएको छ । ‘सेतीवेणी–मिर्मी खण्डमा पर्ने पिँडीखोलाको ठूलोखोलादेखि मिर्मीसम्मको खण्डका  पहरोमा टूयाक खोल्न बाँकी छ भने मोदीवेणीदेखि अर्मादीसम्म ट्रयाक खोल्न बिजुलीका पोल र कडा चट्टानले समस्या भयो,’ पर्वत खण्डका आयोजना प्रमुख नारायणदत्त भण्डारीले भने,‘अन्य बाँकी खण्ड सहज तबरले खोलेर सकियो ।’  पहरोमा बम बिस्फोट गर्नुपर्ने कारण सेनालाई गुहारेका छौँ । मोदीबेनीमा ८ वटा बिजुलीका पोल हटाउन बिद्युत प्राधिकरणमा अनुरोध गरेका छौं । असारसम्म सबै खण्ड पुरा गर्ने हाम्रो लक्ष्य हो’,–उनले भने । उनका अनुसार आउने असारसम्म पर्वत खण्डमा गाडी गुड्छन् । 


यो खण्डमा पर्ने खोलाहरुमा पक्की पुल बनाउने काम पनि ट्रयाक खोल्ने क्रममा सँगसँगै अगाडी बढेको भण्डारीले जानकारी दिए । मोदीवेणी, लमायखोला र सेतीखोलामा पुल वनाउने काम धमाधम भैरहेको छ । बिहादी गाउँपालिका ३ रानीपानी बाट फलेवास नगरपालिका ६ देविस्थान सम्मको २२ किलोमिटर खण्डमा ग्राभेल गर्न टेण्डर आह्वान भैसकेको पनि भण्डारीले जानकारी दिए । उक्त खण्डमा ग्राभेल गर्न ३९ करोड ३० लाख  रुपैंया बजेट विनियोजन भएको छ ।     लोकमार्गले स्थानीयलाई अवसरको ढोका र विकासको सम्भावना खुल्ने बिश्वास गरिएको छ । बिगतमा शुरु भएर पनि ओझेलमा परेको पर्वत खण्डले गति लिएकोमा हामीलाई खुशी लागेको छ,’ रानीपानीका हरि न्यौपानेले भने,‘चाँडो काम सकेर गाडी चढ्न पाए भाग्यमानी ठान्ने थियौँ । उनले लोकमार्ग व्यवस्थित बनेर बाह्रैमास सवारी चलेमा गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सामाजिक सुरक्षा लगायतमा परिवर्तन आउने अपेक्षा व्यक्त गरे । 


सडकको असुविधाले कतिपय गाउँका किसानले उत्पादन गरेका कृषि उपज र पशुजन्य पदार्थ गाउँमै खेर गएका छन् । लोकमार्गले छोएको शालीग्राम, रानीपानी, वर्राचौर, वाच्छा, पाङराङ, कुर्घा, लिमिठाना, देविस्थान, खानीगाउँ, मुडिकुवा लगायतका गाउँ कृषि र पशुपालनका पकेट क्षेत्र हुन् । यहाँका कृषकहरु लोकमार्गले जिल्लाको आर्थिक समृद्धि उकासिने वताउँछन् । कालीगण्डकी लोकमार्गले धेरै संभावनाको ढोका खोल्छ,’ यसै क्षेत्रका साँसद बिकास लम्सालले भने,‘केन्द्रबाट वजेटको अभाव हुन नदिने बाताबरण हामीले वनाएका     छौँ ।’ अहिले बजेटको कुनै अभाव छैन केहिलेकाहिँ मजदुरहरुको अभाव र भौगोलिक अवस्थाका कारण काम रोकिन्छ । पछिल्लो दुई वर्षको अवधिमा धमाधम काम  भैरहेको छ’, साँसद लम्सालले भने ।’  भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्ला जोड्ने  कालीगण्डकी करिडोर (पर्वत खण्ड)ले रूपन्देही, नवलपरासी, पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, बागलुङ, म्याग्दी र जोमसोम गरी नौ जिल्ला समेटेको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको