गुफा बसेपछि विधुवा भइन्न

janataPost

ठ्याक्कै याद छैन म कति वर्षको थिए । सायद, १ कक्षा पढ्थे । त्यस्तै ८ वर्ष जति थिएँ । म अचम्ममा पर्दैथे । एकातर्फ अजी (हजुरमाले) टीका लगाइ, सगुन दिदै हुनुहुन्थ्यो भने अर्कोतर्फ हामीलाई आजबाट १२ दिनको लागि अध्याँरो कोठामा थुन्न लागिएको थियो । अध्याँरो भन्नाले, ‘घामको प्रकाश छिर्न नमिल्ने’ । मैले गुफामा छिराउनु अघिल्लो दिनमै फिल्मका सिडिहरू पर्याप्त मात्रामा जम्मा पारिसकेकी थिए । हुन त, केटा मान्छेको अनुहार नै हेर्न नहुने प्रचलन रहेको भए पनि घरमा बुबाममीले हाम्रो लागि केही परिष्कृत भई टि.भी मा हेर्न केही नहुने भन्दै टि.भी हामीलाई गुफा राखिने कोठामा व्यवस्था गरिदिसक्नु भएको थियो । 


भाइ भने अब १२ दिनसम्म दिदीको अनुहारभन्दा पनि टि.भी हेर्न नपाउने भयो भन्दै रिसाउदै थियो । मलाई, मेरी दिदी अनि बहिनी ‘टबा’ ¬की छोरी (नेपाल भाषामा ठूलो बुबालाई सम्बोधन गरिने शब्द) हामी तीन जनालाई गुफा राखियो । मलाई आश के थियो भने ‘इमचा’ बेलविवाहमा जस्तै हामीलाई श्रृङ्गारपटार गरी पुजिन्छ । हो, त्यस्तै नै गरी बिहान सबैरै नुहाइ—धुहाई गरी सगुनकासाथ हामीलाई घामको प्रकाश नपुग्ने कोठामा विधिवत रूपमा थुनियो ।

 
सूर्यको एउटा सानो  प्रकाशबाट पनि हामीलाई लुकाएर राखिएको थियो । हामीलाई जसरी, एउटी दुलहीलाई उनको विवाहको दिन मण्डपमा नबोलाएसम्म बेहुलाबाट लुकाएर राखिन्छ, त्यसरी नै हामीलाई पनि सूर्य नारायणबाट १२ दिनको लागि लुकाएर राखियो । सगुन दिने क्रम मै हामीलाई यसो भनियो, ‘अबको १२ दिनसम्म तिमीहरूले ब्रतबन्ध गरेको कुनै पनि पुरूषको अनुहार हेर्नु हुन्न ।’ अचम्म लाग्यो । छट्पटिएँ । यतिसम्म कि आफ्नै दाजुभाइ जोसँग हामी दिउँसभर खोल्थ्यौँ, एकै थालमा खान्थ्यौँ, तिनीहरूसँग बोल्ने÷हेर्न नपाउदा पिडा हुन्छ । र पिताको पनि अनुहार हेर्न नहुने भएपछि निराश भइयो । । त्यसो हुदाँ दाजुभाइले चिठी लेखेर हालखबर सोध्ने आदि हुन्थ्यो । रमाइलो सम्झना रह्यो ती पलहरू पनि । 


राति सुत्ने बेला पनि एक जना साथी वा सुुसारे बस्ने गर्दछन् । हामीलाई डरभन्दा पनि यसअघिका गुफा बसेका दिदीहरूलाई श्रृङगारेका र उनीहरूलाई जस्तै हामीलाई पनि गरिने माया, स्याहारले हामी लोभिएका थियौँ । तर, ठीक ४ दिनसम्म हामीलाई घाममा निक्लन पनि दिएनन् । ती पहिलो ४ दिन नुन रहित खाना, दुध, दही, चाकु आदिसँग खान दिइन्छ । वाक्कै लाग्ने गरी ४ दिनसम्म खाइयो ती खाना । केही कष्टकर नै रहे भनौं ती दिनहरू चाहिँ । हाम्रो बोली  दाजुभाइहरूले सुन्न नहुने, सुनीहाले उनीहरूलाई नराम्रो हुने भनिएको थियो । त्यस्तै, यो चलनको सबैभन्दा डर लाग्दो पक्ष थियो ‘ख्याक’ । १२ दिन हामीले उनीहरूकोे रक्षा गर्ने प्रचलन । 


ख्याकलाई नचढाइ केही पनि खान हुदैन थियो । नत्र उनले पिरोल्ने विश्वास रही आएको छ । यसको अनुभव मलाई पनि छ । न त्यो संयोगवंश भएको घटना थियो वा प्रभाव नै । सानी चञ्चली प्रवृतिको म, ‘ख्याक’लाई चढाएर खानु पर्ने ठाँउमा उल्टै उहाँको भागको पनि निकालेर खाइ दियौँ । सानी बहिनी र मैले खाएको दिदीले देख्नु भयो र हामीलाई कराउँनु भयो । केही छिनमै, मेरो बहिनीलाई त्यति कै काम्न र बेहोश हुन लागिन् । ‘टमा’ (नेपाल भाषा ठूलो आमालाई सम्बोधन गरिने शब्द) ले ख्याकको ठाँउमा पुनः अर्को फलफूल चढाएर क्षमा मागेको देखे र अचम्म बहिनीलाई विस्तारै निको हुदै पनि आयो । विश्वास गर्ने वा नगर्ने अहिले पनि सम्झदा अचम्म लाग्छ । 


चौंथो दिनमा भने हामीलाई सूर्य उदाउनु अघि नै नुहाइधुहाई गराइन्छ । हामीले लगाएका लुगाहरूमा पनि सूर्यको किरण पर्नु हुन्न । सबै लत्ताकपडा हाम्रै कोठा भित्रै सुकाउनु पर्छ । ५ दिनदेखि भने नोतदारहरू हामीलाई भेट्न आउँछन् । त्यसपछिभने दैनिक नातेदार ‘गुफा’ बसेका चेलीहरूको लागि परम्परागत मकै, बटमास, गँहु, अन्य गेडागुडी भुटेर र मिठाइ, मासु, वारा आदि भोज हाम्रो निमित्त  लिएर भेट्न आउनु हुन्थ्यो । 


यसकारण पनि हामी कहिल्यै एक्लो भने भएनौं । ११ दिनसम्म यसरी नै चलिरहन्छ । हामीलाई भेट्न तथा खाजा खान दिन आउनेका लागि भने घरमा भोजको छुट्टै व्यवस्था गरिएको हुन्छ । प्राय : ममी नै भोज खुवाउन बस्नु हुन्थ्यो ।   यतिसम्म कि त्यही एउटा बन्द कोठाभित्र कैदी जसरी बसेको थियौँ । त्यौ पनि हामी एक्लो भने पारिन्थ्यो । हुन त, एउटा पाटोबाट हेर्दा सूर्य नारायण हाम्रो पति मानिन्छन् । उनले हामीलाई नराम्रो मानिस तथा खराब तत्वबाट बचाउने गर्ने विश्वास रहदै आएको छ । यदि केही गरेर हाम्रो श्रीमान् बिती गए पनि हामी विधवा हुदैनौँ । 


उनीहरूले हामीलाई मीठा—मीठा खानेकुराहरू ल्याइ दिन्छन् । हामीलाई खोल्नको लागि गट्टाहरू हुने गर्थे । सायद, हाम्रो पालासम्ममा केही परिस्कृत समाज थियो । त्यसैले हामीलाई टि.भी भने हेर्न दिइयो । मैले मेरो साथीहरूसँग १२ दिनलाई पर्याप्त हुनेगरी फिल्ममा चक्काहरू ल्याएको थिए । हाम्रो दिनहरू गट्टाका साथै फिल्म हेरेर बित्थे । ‘बुकुवा दल्नु’ अर्को रमाइलो पक्ष थियो । गोरी हुनको लागि पराम्परागत रूपमा बनेको फेस वासभन्दा पनि कम अर्थ नलाग्ला । तर, यस समयमा, हामी धेरै संयम भने हुनुपर्ने हुन्छ । हामीले खाने हरेक खानेकुरा पहिले ख्याकलाई छुट्याउनु पर्छ । यो १२ दिन हामी यी ख्याक अर्थता पवित्र भूतको निगरानीमा हुनेहुदाँ कुनै पनि अनैतिक कार्य नगरी शुद्ध रहनु पर्ने विश्वास रहेको छ । लापर्वाही गरेका ख्याकले पिर्ने तथा मृत्यृ समेत पनि हुनसक्ने जनविश्वास रहेको छ । यदि, केही गरी बारा रख्दा मृत्यु भएमा घर कै महिला सदस्यले मिलेर घाम नपर्ने ठाँउ भ्याङ्ग मुनी पुरूषहरूले नदेख्ने गरी गाड्नु पर्छ । 


यसरी हामीलाई देवी सरी नै मानिन्छ । बाह्रौं दिनमा हामीलाई बिहान सूर्य उदाउनु अघि नै नुहाउ धुहाई गराइयो । त्यसपछि बेहुली सरह हामीलाई श्रृङ्गार पटारमा गरियो । साइत हेरी, हामीलाई घुम्टोभित्र लुकाएर त्यस  कोठाबाट बाहिर ल्याएयो । बाहुनले आफ्नो मन्त्र जप्दै पूजा गर्ने लगाए । त्यसपछि पानीमा हामीलाई सूर्य नारायणको प्रतिबिम्ब देखाइयो । अनि मात्र घुम्टो उठाइयो । त्यो बेला मेरो दाजु, भाइ, काका, बुबा हामीलाई हेर्न आतुर हुनुहुन्थ्यो । कति राम्रा गोरी भएका यिनीहरू भन्ने सुन्न थालियो । त्यसपछि हामीलाई नयाँ कपडा, धान चामल, आशिर्वाद दिनेको लर्को लाग्यो । हामीसँग राति साथमा बसिदिने सुसारेको पनि भाग राखि दिनु पर्छ । हरेक खानेकुरादेखि सामान १२ किसिमको हुनुपर्ने चलन छ । यतिसम्म कि हामीले ‘छयाङग’ समेत पनि १२ पटक खानु पर्ने हुन्छ । कति महत्वपूर्ण यी १२ दिन जहाँबाट निस्कादा अन्जानमै भए पनि मैले धेरै सिकिसकेकी थिएँ । 


सामाजिक मान्यता
ती पलहरू सम्झदार माइला लाग्छ । साँच्चै हाम्रो समुदायमा छोरा र छोरीमा भने भेद्भाव निकै कम मात्रामा पाइन्छ । जसरी छोराको आवश्यकता छ त्यसरी नै छोरीको पनि । हेर्दा कुनै प्रथा जस्तो लाग्ने यस परम्पराको धेरै महत्व रहेको छ । परापूर्वकालदेखिकै नेवारहरूले आफ्नो रितिरिवाज मान्दै आएको छन् । रूढीवाढी विचारधाराभन्दा पनि शैक्षिक तबरले यसको महत्व रहेको छ । 


‘गुफा’ हाम्रो महिनावारी हुनु अघि नै राख्नुपर्ने हुन्छ । ती बाह्र दिनमा हामीलाई हाम्रो शारीरिक परिर्वतनको बारे जानकारी दिइन्छ । हामी अब आफ्नो ज्यानको बारे अझ धेरै संयम हुनुपर्ने सिकाइन्छ । यसपछि भने नुहाउँदा घाँटीदेखि तलको भाग लुगाले छोपेर नुहाउनु पर्ने, विहान सँधै मुख धोएर मात्र खानु पर्ने आदि सिकाइन्छ । आफ्नो ज्यानको सँुग्घरसफा राख्नु पर्ने हुन्छ । १२–१४ वर्ष पछि किशोरी अवस्थामा जाने हुँदा पहिले जसरी दाजुभाइसँग हिमचिम गर्न नहुने बताइन्छ । वैज्ञानिक रूपले हेर्दा महिनावारीसँगै प्रजनन् प्रकिया पनि बढ्ने हुँदा जो कोही पुरूषसँग पनि उचित रूपमा मात्र संगत गर्ने लगाइन्छ । सबैभन्दा महत्वपूर्ण रूपमा, अरू समुदायमा महिनावारीपछि जुन बार्नु पर्ने प्रचलन छ । त्यो भने नेवारी केटीहरूलाई पर्दैन । उक्त कर्मकाण्डले उनीहरूले महिनावारीमा बाने नपर्ने बनाइ दिएको छ । यसले पनि नेवारी केटीहरूलाई धेरै सहज जीवनयापनमा सघाएको छ ।

 
त्यसैगरी, बेलविवाह र गुफामा हुने श्रृङगारपटारले उनीहरूलाई नारी हुनुको आभास गराउँछ । आफ्नो सौन्दर्यप्रति सचेत रहन सिकाउँछ  । समाजका हरेक कुराहरूप्रति जिम्मेवार महिला हुने अवसर पनि हो । यसलाई नेवारी युवतीहरू हरेक कुरा सिक्ने अवसरको रूपमा लिन्छन् । उनीहरूको पहिले नै, सूर्य नारायण र बेल यी दुई अमरसँग विवाह भएको हुनाले नेवारी महिलाहरूको श्रीमान् बिति गएपनि उनीहरू विधवा मानिदैनन् । हेर्दा बहुपत्नी विवाहजस्तो भएपनि यसको अर्थ भने श्रीमान्को मृत्यु पश्चात पनि उनीहरू सादा सौभाग्यवती र विधवालाई गरिने सामाजिक अपहेलनाबाट पनि बचाउने गरिन्थ्यो । यसरी, यस संस्कारको आफ्नै महत्व र मान्यता रहेको छ । 


हुन त, अहिले महिला तथा बाल अधिकारकार्मीहरूले छाउपडी जस्तै यसको पनि विरोध गर्ने थालेका छन् । तर, यो कुनै कुप्रथा नभई संस्कृतिको जगेर्नाका साथै व्यवहारिक रूपमा सिकाउने चलन हो । यो एउटा सिकाइको क्रम हो । पहिले पहिले विद्यालय नहुँदा महिलाहरूले यहीँबाट हरेक कुराहरू सिक्थे र सामाजिकीकरणको प्रक्रियामा सामेल हुन्थे । यही कारण नेवार समुदायको महिलाहरू गुफा बस्नु वैज्ञानिक दृष्टिकोणले पनि गलत होइन् । यसलाई प्रथा भन्दा पनि एउटा गज्जबको संस्कार भनेर बुझ्न जरूरी छ । र मैले नि त्यसरी नै बुझेको छु ।

तस्वीर : एजेन्सी

प्रतिकृया दिनुहोस

२०४५ को नाकाबन्दी : एउटा पूजारीका कारण देशले ९ महिना नाकाबन्दी सामना गर्यो

कुनै पनि नयाँ निर्णय लिँदा सन्दर्भ वा उदाहरणका लागि हामी इतिहासलाई नै फर्किएर हेर्छौं । त्यस्तै इतिहासदेखि वर्तमानसम्म हामीले भोग्दै आएको एउटा

शुल्क नलिँदैमा शिक्षा निःशुल्क हुँदैन

संविधानले तीनथरीलाई उच्च शिक्षासम्म निःशुल्क भनेको छ । अपांगता भएका बालबालिका, दलित र विपन्न वर्गका बालबालिकालाई कमसेकम निःशुल्क रूपमा पढाउनै पर्छ

हरेक वर्ष प्रयोग गर्छन् विद्यार्थीले मताधिकार 

नेपालमा बालिग मताधिकार उमेर पुगेका नेपाली नागरिकले मात्रै प्रयोग गर्न पाउने व्यवस्था छ । मताधिकारको प्रयोग गर्नका लागि नेपाली नागरिकता भएको, मतदाता