सलाको चार गोलमा लिभरपुल विजयी

जनतापोस्ट

janataPost

लण्डन/एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शानदार जित हात पारेको छ । शनिबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० ले पराजित गरेको हो । लिभरपुलको जितमा इजिप्टका स्ट्राइकर मोहम्मद सला एक्लैले ४ गोल गरे । रोवर्टो फर्मिनोले एक गोल गरेका थिए । वाटफोर्डले भने खेलमा कुनै गोल फर्काउन सकेन । पहिलो हाफ २–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा तिन गोल गरेको थियो । 


खेल सुरू भएको चौथौं मिनेटमै लिभरपुलले मोहम्मद सलाको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि सलाले खेलको ४३ औँ मिनेटमा दोस्रो गोलगर्दा ७७ औँ मिनेटमा गोलगर्दै ह्याट्रिक पूरा गरे । सलाले ह्याट्रिक पूरा गर्नअघि ४९ औँ मिनेटमा रोवर्टो फर्मिनोले खेलमा तेस्रो गोल गरेका थिए । त्यसपछि खेल सकिन पाँच मिनेट बाँकी रहँदा सलाले आफ्नो चौथो तथा खेलको पाँचौ गोल गरेका थिए । अधिकांश समय लिभरपुलले खेल आफ्नो पक्षमा पारेको थियो । वाटफोर्डले पनि केही गोलका अवसर सृजना गरेको थियो । उसले गोलका लागि ४ पटक प्रयास गर्दा एक गोल पोष्टको दिशामा गएको थियो । तर गोलभने हुन सकेन ।


जितसँगै तेस्रो स्थानमा रहेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक दुरी कम गरेको छ । ६३ अंक भएको लिभरपुल युनाइटेडभन्दा मात्र २ अंकले अघि छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको भने ८१ अंक छ ।

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन