एसईई परीक्षाको तयारी पुरा,  चार लाख ८५ हजार परीक्षार्थी

janataPost

काठमाडौं, ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ  । चैत ८ गते देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार लाख ८५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१  गरी ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी विद्यार्थी एसईईमा सम्मिलित हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए । उनका अनुसार नियमितका ८ हजार ७ सय ३४ र एम्जाम्टेड तर्फका २० जना प्राविधिक धारका विद्यार्थी रहेका छन् । एसईईका लागि  १ एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।


परीक्षा नियन्त्रक रेग्मीकका अनुसार उत्तरपुस्तिका, प्रश्नपत्रलगायत परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने सामग्री जिल्ला हुँदै सम्बन्धित परीक्षा केन्द्रमा पुर्याइसकिएको छ । परीक्षा सञ्चालका लागि १ हजार ९ सय ५६ केन्द्रध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्रध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचलन गरिने बोर्डले जनाएको छ ।


तालिकाअनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली, १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिक धारतर्फको परीक्षा भने चैत २० गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ । अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने नयाँ व्यवस्था गरिएको छ ।  परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।   
 

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत ।  माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

काठमार्डौ, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक