उद्योग वाणिज्य संघमा शर्मा विजयी

जनतापोस्ट

janataPost

पर्वत, ५ चैत । पर्वत उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा विजयी भएका छन् । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८१५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त गरेका हुन् । 


त्यस्तै महिला सदस्यमा प्रमिला शर्मा र चन्द्रकला शर्मा विजयी भएका छन् । संघका सदस्यमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङ, तिला गिरी ‘कृष्ण’, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचाङ्गी, कृष्णप्रसाद भुसाल, मीनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दीपक अधिकारी र शिवशर्मा पौडेल विजयी भएका छन् । विजयीमध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए भने अन्य सबै बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षसहित २३ जनाको कार्यसमितिका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको