बार्सा उपाधि हाेडमा बलियाे, एथ्लेटिकोलाई झड्का, मड्रिड पछि–पछि 

जनतापोस्ट

janataPost

मड्रिड/एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको बार्सा उपाधि हाेडमा बलियाे भएकाे छ । तर लिगमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भने भिल्ला रियलसँग २–१ ले पराजित भएको छ । पराजित भएसँगै उसलाई ठुलो झड्का लागेको छ । एथ्लेटिकोले शिर्ष स्थानको बार्सासँग अंकदुरी कम गर्ने मौका गुमाएको छ भने तेस्रो स्थानको रियल मड्रिडले उसलाई लिगमा भेट्टाउन लागेको छ । यस्तै आईतबार रातिनै भएको अर्को खेलमा रियल मड्रिडले शानदार जित हात पारेको छ । मड्रिडले गिरोना फुटबल क्लवलाई ६–३ ले पराजित गरेको हो । लिगमा विजयी भएको बार्सा ७५ अंक सहित शिर्ष स्थानमै कायम छ । अब बार्साले ला लिगा उपाधि जित्ने लगभग निश्चित भएको छ । आईतबार हार व्यहोरेको ६४ अंक भएको एथ्लेटिको मड्रिड बार्साभन्दा ११ अंकले पछि छ । यस्तै जितसँगै ६० अंक बनाएको तेस्रो स्थानको मड्रिड  बार्साभन्दा १५ अंकले पछि छ भने एथ्लेटिकोभन्दा ४ अंकले पछि छ ।

 

मेस्सीको २५ औै गोल, ला लिगामा किर्तिमान
आईतबार घरेलु मैदान क्याम्प नाउँमा विल्वाओविरुद्ध मैदान उत्रेको बार्साले अधिकांश समय खेल आफ्नो नियन्त्रण राखेको थियो । खेलको ८ औ मिनेटमा पाको अल्कासरले गोलगर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जोर्डि अल्वाको पासमा अल्कासरले आकर्षक गोल गरेका थिए । त्यसपछि खेलको ३० औ मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले बार्सालाई २–० को अग्रता दिलाए । उनले यसै सिजन बार्सा अनुबन्ध भएका फ्रान्सेली युवा फरवार्ड ओसासुनो डेम्बेलेको पासमा गोल गरेका थिए । यस गोलसँगै मेस्सी २५ गोल सहित यस सिजन ला लिगामा सर्वाधिक गोलकर्ता सूचिको पहिलो स्थानमा छन् । उनलाई रोनाल्डोले २२ गोलका साथ पछ्याई रहेका छन् । साथै मेस्सी गएको १० सिजन यता ला लिगामा २५ गोल कटाउने पहिलो खेलाडी समेत भएका छन् । 


रोनाल्डोको ५०औ ह्याट्रिक
गिरोनाविरुद्ध ६–३ को जित निकालेको खेलमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो एक्लैले ४ गोल गरेका थिए । घरेलु मैदान सान्टियागो बर्नेबेउमा भएको खेलमा रोनाल्डोले ११ औ, ४७ औ, र ६४ औ मिनेटमा गोलगर्दै ह्याट्रिक पुरागर्दा उनले खेलको अतिरिक्त समयमा अर्को एक गोल थपेका थिए । आइतबार ह्याट्रिग गरेसँगै रोनाल्डोले आफ्नो खेल जिवनको ५० औ ह्याट्रिक पुरा गर्न सफल भएका छन् । यस्तै मड्रिडकालागि लुकास भास्कस र ग्यारेथ बेलले एक÷एक गोल गरेका थिए । मड्रिडविरुद्ध गिरोनाको क्रिष्टियन स्टुवानीले दुई तथा जुवानपीले एक गोल फर्काएपनि हारभने टार्न सकेनन् । 


स्तब्ध एथ्लेटिको
आईतबार राति लिगमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड पाँचौ स्थानको भिल्ला रियलसँग पराजित हुन पुग्यो । भिल्ला रियलको जितमा दुवै गोल इन्स उनालले गरेका थिए । एथ्लेटिकोका लागि फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यानले खेलको २० औ मिनेटमा पेनाल्टिमार्फत एक सान्त्वना गोल गरेका थिए । 

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन