राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

janataPost

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा टोलीलाई भव्य स्वागत गरिएको छ । 

 

विश्वकप छनोटमा बिहीबार पपुवा न्यूगिनीलार्इ पराजित गर्दै नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो। समग्र प्रतियोगितामा भने नेपाल आठौं भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरू गरेको २२ वर्षपछि नेपाली क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलतालाई स्वागत गर्ने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसहित सयौ क्रिकेट प्रेमी विमानस्थल पुगेका थिए ।

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

बार्सा उपाधि हाेडमा बलियाे, एथ्लेटिकोलाई झड्का, मड्रिड पछि–पछि 

मड्रिड/एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको