...नत्र कसले लिने क्रिकेट हत्याको दोष ?

janataPost

नेपाल विश्वमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मात्र १६ मुलुक मध्ये एक बनेको छ । गर्वको कुरो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाली क्रिकेटमा व्याप्त विवाद सल्टाउन दिएको समयसीमा आज (मंगलबार) सकिंदैछ । दुखको कुरो । नेपाल क्रिकेट संघ (क्यान) लाई मात्र निलम्बन राखेको आइसीसीले अब नेपाली क्रिकेटलाई नै प्रतिबन्ध लगाउने सम्भावना पनि बढ्दो छ । केही सिमित व्यक्तिको स्वार्थका कारण सिर्जित यो विवादले अहिले चरमरुप लिइसकेको छ । 


नेपाली खेलकुदको अभिभावकको रुपमा रहनुपर्ने खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को क्यान आफ्नै नियन्त्रणमा चलाउने योजना अनि कुनै पनि हालतमा आफूले समातेको क्रिकेटको नियन्त्रण गुमाउन नचाहने ‘निर्वाचित !’ क्यानको हठ नै अहिलेको विवादले निरन्तरता पाइरहेको हो । त्यसमाथि यो विवादमा खेल्न पल्केका केही व्यक्ति  पनि नेपाली क्रिकेट सिध्याउने खेलमा छन् । चाहे ति आइसीसीका हुन् वा आइसीसीले रुचाएका नेपाली व्यक्तित्व ।


हिजो दिनसम्म वर्षदिनै केही करोडका भरमा चलाउनुपर्ने नेपाली क्रिकेट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतासँगै दशौं करोडको हैसियतमा पुगेको छ । विवाद सल्टिएसँगै आइसीसीले दिने अनुदानमा निकै बढोत्तरी हुने नै छ । हिजोका दिनमा त्यही केही करोडमा ¥याल काढेर क्रिकेटसँग लिसो झैं टाँसिएका हुन् वा टाँसिन नपाएर ‘नुन खा’को कुखुरा झैं’ झोक्राइरहेका, अब त झन् ति मध्ये कोही पनि नेपाली क्रिकेटलाई नियन्त्रण गर्ने निकायबाट टाढा बस्न रुचाउँदैनन् । संस्था झन् धनी बन्दै जो छ । क्रिकेटमा विवादको अन्त्यभन्दा पनि आगोमा धिउ थप्ने काम गरेको छ, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले । खेलाडीको मेहनतको फलले ।


उता जिल्ला क्रिकेट संघले चुनेर बनाएको क्यान निलम्बनमा छ । नेपाली क्रिकेटको पूरा बागडोर विदेशीको हातमा छ आइसीसी र उसले रुचाएका केही नेपाली पात्रका हुकुमीमा अहिले हाम्रो क्रिकेट चलिरहेको छ । योभन्दा दुरावस्था र दासता नेपाली क्रिकेटले इतिहासमा भोग्नु परेको थिएन । निर्वाचनबाट गठित क्यान कार्यसमितिलाई मान्यता नदिने राखेपको निर्णयलाई आइसीसीले समेत सदर गरेपछि नेपाली क्रिकेट भड्खालोमा जाकिएको हो ।


सीधा भाषामा भन्नु पर्दा नेपाली क्रिकेटले अहिले जति संकट भोगिरहेको छ, सम्भवतः इतिहासमा यस्ता दिन कमै आउँछन् । यसले मुलुकको खेल क्षेत्र हाँक्ने निकायहरूको नालायकीपन र व्यवस्थापकीय क्षमतामा समेत प्रश्न उठाएकै छ । नेपाली खेलकुदमा व्यवस्थापकीय कमजोरी यतिसम्म छ कि उकालो लागिरहेको खेललाई समेत आफ्नो स्वार्थका खातिर जहिले पनि भीरबाट खसाल्न उनीहरू तयार देखिन्छन् । आपूm निकट तथा पार्टी निकटलाई पद दिलाउने उद्देश्य बोकेरै खेलको नीति निर्माण तहमा पुग्नेहरूबाट अरु आशा गर्नु पनि बेकारै होला । जब स्वार्थका खातिर व्यवस्थापकिय निकायलाई निलम्बनमा पारिन्छ भने अहिले यस्ता कुरा गर्नु सही पनि नहोला । तर, नेपाली क्रिकेटको भविष्यलाई यस्ता विवादले सही मार्गतर्फ डोर्याउँदैन । तर, जसले जे भने पनि जबसम्म क्यान विवादको नाममा नेपाली क्रिकेट आइसीसीमा बन्धक बनिरहन्छ तबसम्म नेपाली क्रिकेट खेल र खेलाडीको भविष्य झनै ओरालो लाग्दै जान्छ । सिमित केही जितले हामीलाई कहिले काहीँ हाँस्ने मौका त देला तर, भविष्यमा नेपाली क्रिकेटलाई हेरेर रुनु सिवाय केही गर्न सकिंदैन ।

 

स्पष्ट भाषामा भन्नु पर्दा, परोक्ष–अपरोक्षरुपमा अहिले नेपाली क्रिकेटलाई विवादको दलदलबाट निकाल्न नचाहने र त्यसमै रमाउन चाहने स्वार्थीतत्व कै कारण आइसीसीले तोकेको समयसीमा विवाद साम्य हुन सकेन । यसको असर कस्तो देखिइला अहिले नै भनिहाल्न हतारो होला । तर, एउटा कुरो भने प्रष्ट छ, यो समयसीमा गुज्रिएकै कारण नेपाली क्रिकेटले तीतो मूल्य भने चुकाउनै पर्छ । जसको भार अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता खोस्नेसम्मको हुनसक्छ ।

 


अहिलेसम्म नेपाली क्रिकेट खेलाडी कै भरोसामा चलेको छ, ‘पागल’ खेलाडीको । न भविष्यको चिन्ता, नत परिवारको चिन्ता । खेलाडी जीवनपछि के गर्ने ? त्यो पनि थाहा छैन । एकाध खेलाडीको त भविष्य त केही हदसम्म सुरक्षित त होला नै । तर, अधिकांश खेलाडीको भविष्य अहिले पनि अनिश्चित नै छ । तर, पनि खेलिरहेका छन्, मुलुकका लागि । न गर्मी नत जाडो त्यही पनि खेलिरहेका छन् । पुराना खेलाडीले खडा गरेको जगमा नयाँले सुनौलो महत खडा गरेका छन् । तर धुर्तहरुको हातबाट त्यो महल पनि भत्कने हो कि भन्ने भयले झन् सताउन थालेको छ ।


व्यक्तिगत लगानीमा तयार भएका खेलाडीले आफ्ना रगत मिसिएको पसिना बगाएर सारा नेपालीको सपना साकार पारिदिएका छन् । तर, केही स्वार्थीहरुका कारण यो मान्यता फेरी पनि हाम्रो सपना बन्न नपरोस् । यही उपलब्धिका लागि खेलाडीले फेरी संघर्ष गर्न नपरोस् । यस्ता सफलता त नेपाली क्रिकेटको उचाइँ चढ्ने भ¥याङ बन्नुपर्छ नकि कुनै लोभीपापीको घरको तल्ला थप्ने आधार ।


खेलाडीलाई अचानो बनाएर नेपाली क्रिकेटकै गर्धनमा मार हान्न खोज्नेहरु जताततै भेटिन थालेका छन् । देशमा, विदेशमा । विश्व क्रिकेटमा पाएको यस्तो सम्मानलाई जोगाएर राख्न सक्नु अर्को चुनौती पनि त छ । अन्यौलतामा खेल्दै जाने हो भने कुनै खेलाडीको प्रदर्शनमा सुधार आउन सक्दैन । जसले यो खेलमा फेरी एक पटक दशकौं पछाडि धकेल्ने पक्का छ । त्यसमाथि अहिले पाएको मान्यतासमेच धरापमा पर्ने नै छ । 


स्पष्ट भाषामा भन्नु पर्दा, परोक्ष–अपरोक्षरुपमा अहिले नेपाली क्रिकेटलाई विवादको दलदलबाट निकाल्न नचाहने र त्यसमै रमाउन चाहने स्वार्थीतत्व कै कारण आइसीसीले तोकेको समयसीमा विवाद साम्य हुन सकेन । यसको असर कस्तो देखिइला अहिले नै भनिहाल्न हतारो होला । तर, एउटा कुरो भने प्रष्ट छ, यो समयसीमा गुज्रिएकै कारण नेपाली क्रिकेटले तीतो मूल्य भने चुकाउनै पर्छ । जसको भार अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता खोस्नेसम्मको हुनसक्छ ।


त्यसैले अबपनि क्यानलाई निचोर्छु नै भनेर स्वार्थमा खेल्ने पल्केकाहरुले समेत आपूmलाई सुधार्नुपर्ने समय आइसकेको छ । अब कसैको व्यक्तिगत वा समूहगत स्वार्थका लागि नेपाली क्रिकेट चल्नु हुँदैन, सबैको मनबाट यो सोच पग्लनै पर्छ । साथै दलगत स्वार्थ वा आइसीसीसँगको सम्बन्धको दबाबले नेपाली क्रिकेट चलाउँछु भन्ने दिवास्वप्न अब कसैले नदेखेकै राम्रो । कसैको मनमा अहिले पनि त्यही कुविचार टुसाइरहेको छ भने त्यसलाई समेत पनि त्यागेर मुलुकका शानका खातिर क्रिकेट चलाउन मार्गप्रसस्त गर्नुपर्ने बेला आइसक्यो । अब कसैले क्रिकेट विकासमा तगारो बन्नु हुँदैन अन्यथा त्यस्तालाई इतिहासले समेत धिकार्ने छ । अन्यथा अहिले नेपाली क्रिकेटको विवादमा रमाउन पल्किसकेका अनि जे–जस्तो भएपनि आफ्नो अडानबाट टसका मस नहुनेहरुले नै नेपालबाट क्रिकेटलाई हत्या गरेको दोष लिनै पर्छ ।

प्रतिकृया दिनुहोस

सरस्वतीको अधिकार भर्सेज गैंडाको अधिकार

कुरो मार्च ४, २०१८ को । स्थान, मार्टिन चौतारीको हल । मार्च महिनाभरी नै महिला विषयक छलफल चलाउने क्रममा मार्टिन चौतारीकै पहलमा चलिरहेको छलफलमा, इतिहासकार

प्रतिभा पलायन : रोक्ने कसरी ?

प्रतिभा पलायनको कुरो बेलाबेलामा चर्चामा आउने गर्छ । विदेशमा गएर अनुशन्धान कार्यमा लागेका नेपाली वैज्ञानिकहरूलाई आकर्षित गरेर नेपाल फर्काउने

किन दुख्दैन कालापानी–लिपुलेक ?

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएको झन्डै तीन महिनापछि नयाँ सरकारले नेतृत्व लिएसंगै कसैलाई संसद भवन छिर्ने हतारो छ भने कोही कतै मन्त्री पो