‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’ कवि कृसु क्षेत्रीले आठौँ कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको आह्वान गरेका छन् । बयालीस वटा कविता रहेको साझा प्रकाशनबाट प्रकाशित कृतिमा कविले मुलुक र विश्वका नागरिकका पहिचान, राष्ट्रियता र भोकको पीडालाई राम्ररी मुखरित गर्न सकेका छन् । आमामा नै प्रकृतिका सबै अवयव भेट्ने कवि क्षेत्री आफ्ना पितालाई जीवनको ट्राफिक बत्ती, शिक्षक र सारथी ठान्छन् । उनी आफ्ना कवि दाइलाई भने प्रमिथस, सिद्धार्थ र कृष्ण मान्छन् । कवि दाइको व्यक्तित्वले आफूलाई जताततै थिचेकामा उनले आफूलाई निकै हीनताबोध भइरहेको पीडा पनि पोखेका छन् । 


महाभारत र नेपाली इतिहासका थुपै्र पात्र र विम्वलाई प्रयोग गरेका कविले पश्चिमा मिथकीय र वास्तविक पात्रलाई पनि कवितामा ल्याएका छन् । यिनी मातृभाषा, संस्कृति र राष्ट्रियताप्रति हुरुक्कै हुन्छन् । हाल नेपाली महावाणिज्यदूतावास न्युयोर्क, अमेरिकाका वाणिज्यदूत क्षत्री अमेरिका, फ्रान्स, बेलायती पृष्ठभूमिका कवितामार्फत शरणार्थी र आप्रवासीका आवाज उठाउँछन् । कवि माओवादी द्वन्द्वका बेला मारिएकी काजोल खातुनमार्फत हिंसाको विरोध गर्छन् र मुलुकको भविष्यप्रति चिन्ता पनि व्यक्त गर्छन् । केही प्रेम प्रणयका विषय, केही मुलुकको अवस्था र र केही विश्व परिवेशका सामग्रीबाट उनका कवितामा विविधता भेटिन्छ । 


पारिवारिक विषय बढी नै उठाएका कविमा मुलुकको चिन्ताका साथै विश्वको समस्या केलाउने सामथ्र्य पाइन्छ । केही वर्णविन्यासका दोष पनि छन् । कृति पढेपछि पाठकले पछिल्लो पुस्ताको लेखन प्रवृत्ति राम्ररी बुझन् सक्छ । 

 

‘ए स्वतन्त्रताकी देवी ! 
तिमी हुनु र नहुनुको कुनै अर्थ छैन 
औचित्य सावित गर 
नत्र हाम्रा शरणार्थीहरुको आत्महत्यामा सहभागी बन...’

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

काठमाडौंमा एक दिनको आवरण सार्वजनिक

काठमाडौं, चैत्र ५ । पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानीसिंह थारुको बहुप्रतिक्षित उपन्यास ‘काठमाडौंमा एक दिन’ को आवरण सार्वजनिक भयो । लेखिका