प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

janataPost

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।

 

आइपीएलमा सन्दीप दिल्ली डेयरडेभिल्सको टोलीबाट खेल्दैछन् । दिल्ली डेयरडेभिल्सको व्यवस्थापनले काठमाडौं ल्याएको सन्दीपको जर्सी आज प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम तय भएको सन्दीपले पुष्टि गरे । गृहनगर चितवन रहेका सन्दीप सोही कार्यक्रममा लागि भर्खरै काठमाडौं पुगेका छन् । 


सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ । सन्दीपलाई दिल्लीले गतमाघ दोस्रो साता भएको अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन

बार्सा उपाधि हाेडमा बलियाे, एथ्लेटिकोलाई झड्का, मड्रिड पछि–पछि 

मड्रिड/एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको