दोहोरो अंकले घट्यो शेयर बजार

जनतापोस्ट

janataPost

काठमाडौँ, ८ चैत । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । 


‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर रु ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित भएको हो । 


आज बैंकिङ ३.९६, होटल ५९।४५, विकास बैंक १०।७९, जलविद्युत् २५.२४, फाइनान्स ०.८, बीमा १२०.७, उत्पादन ३३.०६, अन्य ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ बिन्दुले आरोलो लागेको छ । बुधबार पनि शेयर बजार २४.४० अंकले ओरालो लागेको थियो । 


आरम्भको शेयर सूचीकृत 
नेपाल स्टक एक्सचेन्जमा आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर सूचीकृत भएको छ । सो फाइनान्सको ६ लाख कित्ता शेयर सूचीकृत भएको स्टकले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड