पाकिस्तानी गायीका सारा राजा नेपालमा

janataPost

‘गाजलु ति ठुला ठुला आँखा,
तिर बनि बस्यो यो दिलैमा ’ 

गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने होइनन् । पाकिस्तानी गायीका सारा राजा खान थुपै भारतिय र पाकिस्तानी गीत गाएर सुपरहिट भएकी छिन् । नेपाली गीत तथा गजल गाउन निक्कै रुची राख्ने उनै पाकिस्तानी गायीका सारा राजा काठमाडौं आएकी छिन् । काठमाडौस्थित पाकिस्तान दुतावासले मार्च २३ अर्थात पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको सांगितीक कार्यक्रमा सहभागी हुन उनी काठमाडौ आएकी हुन् । शुक्रबार साझ उनले बौद्धस्थित होटल हायातमा सांगितिक प्रस्तुती दिनेछिन् । राष्ट्रिय दिवसको साँस्कृतिक कार्यक्रममा यसपटकको प्रमुख आर्कषण सारा राजानै हुनेछिन । पाकिस्तान, भारत, नेपाल तथा हिन्दी गीत सुनिने थुप्रै मुलुकमा उनको फ्यान छन् । नेपाली गीत तथा गजल गाउन निक्कै रुची राख्ने उनी विभिन्न स्टेज शो हरुमा नेपाली गीत समेत गाउने गर्छिन ।


पकिस्तानी गायीका सारा राजाले प्रस्तुति दिने सो कार्यक्रमको नेपाली दर्शक श्रोताहरुलाई निक्कै चासो छ । धेरै पहिला नेपालमा गुलामअलिको उपस्थितीले यस्तो रुप धारण गथ्र्यो । अर्थात गुलामअलि नेपालका निम्ती जानेमाने नाम थिए । पछिल्लो पटक सारा राजालाई निम्त्याएर पकिस्तानी दुताबास गुलामअलीका पुरानो साँस्कृतिक सामिप्यता पुःन कायम गर्न चाहेको बुझिन्छ । पाकिस्तानी प्रधानमन्त्री साहिद खाक्कान अब्बासीको नेपाल भ्रमणले नेपाल र पाकिस्तानबिचको राजनीतिक निकटता देखाएकै छ । साँस्कृतिक रुपले साँगीतिक कार्यक्रमको यस आयोजनाले झनै बढी महत्व राख्ने उनै गायीका  बताछिन् । सारा राजा भन्छिन् ‘नेपाल र पाकिस्तान बिचको संम्बन्धलाई अझ राम्रो बनाउने संदेश दिने कोसिस हुनेछ ।’ 


सन २००९ मा .भारतिय च्यानल जि. टिभिको चर्चाीच ईन्टरनेशनल फेन्चाईज शो सारेगामापा मा आफुलाई अन्य प्रतिस्पर्धि भन्दा अब्बल साबित गरेकी हुनी छाटो समयमै लोकप्रिय बनिन् ।

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु

काठमाडौंमा एक दिनको आवरण सार्वजनिक

काठमाडौं, चैत्र ५ । पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानीसिंह थारुको बहुप्रतिक्षित उपन्यास ‘काठमाडौंमा एक दिन’ को आवरण सार्वजनिक भयो । लेखिका