आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

janataPost

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने भएका छन् । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जर्सी सार्वजनिक गर्ने भनिएको थियो तर, राखेप सदस्य सचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गर्यो । 

 

राष्ट्रिय टोलीबाट २५ नम्बरको जर्सी लगाउने सन्दिपले दिल्लीमा पनि त्यही जर्सी लगाउन चाहेका थिए । तर, दक्षिण अफ्रिकाका कागिसो रावाडाले लगाइराखेको हुनाले उनले त्यो जर्सी पाएनन् । त्यसपछि उनले १ नम्बर रोजेका हुन् ।


आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन

बार्सा उपाधि हाेडमा बलियाे, एथ्लेटिकोलाई झड्का, मड्रिड पछि–पछि 

मड्रिड/एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको