अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

janataPost

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड स्थापना गर्न पहल लिने बताएका  छन् । राजधानीमा अलैचीको विकासका लागि स्वायत्त निकाय अलैची विकास बोर्ड स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अलैची विकास बोर्ड स्थापनाका निम्ति मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रिपरिषद्मा लैजान पहल गर्ने बताएका हुन् । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजान पहल गर्छु’ उनले भने । यस अघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्ड हरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउँदै मन्त्री खनालले अलैची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिए । 

 

अलैची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउँदै उनले भने , ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’ सम्बोधका क्रममा उनले उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले अध्ययन गरेर विषादीलाई नियन्त्रण गर्ने उपायहरुको अवलम्बन गर्ने बताए ।
 

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, ८ चैत । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३