राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी

जनतापोस्ट

janataPost
फाइल तस्वीर

नयाँदिल्ली, १० चैत ।  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा ले भारतीय संसद्को माथिल्लो सदन राज्य सभामा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात प्रदेशका २६ सिटमध्ये १२ सिटमा विजयी भएकाले आफ्नो प्रभाव अझ बढाएको हो । भारतको सबैभन्दा ठूलो प्रदेशका रुपमा रहेको उत्तर प्रदेशमा मात्रै भाजपाले नौ सिट जित्न सफल भएको छ । यस निर्वाचनका मुख्य विजेतामा भारतका अर्थमन्त्री अरुण जेट्ली र भारतीय जनता पार्टीका प्रवक्ता जीभीएल नरसिंह राय रहेका छन् ।  

 

शुक्रबार राति अबेर निर्वाचनको नतिजा घोषणा भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखे, ‘विभिन्न राज्यबाट राज्य सभामा निर्वाचित हुनु भएका सवैलाई हार्दिक बधाई छ, तपाईको संसद्दीय कार्यकालको पूर्णसफलताको कामना गर्दछु ।’ भारतको निर्वाचन आयोगले गत फेब्रुअरीमा राष्ट्रियसभाका खाली भएका ५९ सिटका लागि निर्वाचन घोषणा गरेको थियो । त्यसको एक महिना पछि दश राज्यका ३३ जना उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको थियो । ती मध्ये १६ जना भारतीय जनता पार्टीका रहेका थिए । (रासस/सिन्ह्वा)
 

प्रतिकृया दिनुहोस

भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

नयाँ दिल्ली, १२ चैत  । भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको

‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को, १२ चैत । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ किनमेल केन्द्र मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु

उत्तर कोरिया संसारकै लागि त्रास : पूर्व राष्ट्रपति ओबामा

टोकियो, ११ चैत ।  उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।  उनले भने ‘उत्तर कोरियाले