उत्तर कोरिया संसारकै लागि त्रास : पूर्व राष्ट्रपति ओबामा

जनतापोस्ट

janataPost

टोकियो, ११ चैत ।  उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।  उनले भने ‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।’ 

 

जापानको भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राखेका हुन् । हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरु र धम्कीका बारेमा सुनेका छौँ तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौँ, उनले भने । राष्ट्रपति ओबामाले भने ‘उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ, तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन । 

 

ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले दिए । यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनले बताए । आइतबार पूर्व राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ । (रासस/एएफपी)

प्रतिकृया दिनुहोस

भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

नयाँ दिल्ली, १२ चैत  । भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको

‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को, १२ चैत । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ किनमेल केन्द्र मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु

राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी

नयाँदिल्ली, १० चैत ।  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा ले भारतीय संसद्को माथिल्लो सदन राज्य सभामा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार