‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु
..jpeg)
मस्को, १२ चैत । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ किनमेल केन्द्र मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन ।
सो सपिङ्ग मलमा रहेका करिब १२० व्यक्तिलाई भने सुरक्षित स्थानमा सारिएको समाचारमा जनाइएको छ । प्रहरीले उद्वार कार्य जारी राखेको छ । सपिङ्ग मलको करिब १ हजार स्क्वायर मिटरमा सो आगलगाी फैलिएको रसियाली समाचार समिति स्पुत्नीकले जानकारी दिएको छ । रसियाली सङ्कटकालीन व्यवस्थापन मन्त्रालयको सोमबार जारी विज्ञप्तिका अनुसार आगलागी भएको सो इलाकामा धुँवाको निकै बाक्लो मुस्लो माथिसम्म उडेको देखिएको छ ।
यसकारण पनि आगलागीमा फसेका नागरिकको उद्वारका लागि निकै ठूलो समस्या परेको अधिकारीहरुले जानकारी दिएका छन् । रसियाली सङ्कटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभकाअनुसार आगलगी भएको सो सपिङ्ग सेन्टरमा पहिलो चरणको खोजी र उद्धारकार्य स्थानीय समयानुसार साँझको ६ बजे सम्म सकिने छ । मौसम अत्यन्त चिसो भएको कारण सो समयभन्दा बढी खोजी र उद्धारकार्य जारी राख्न नसकिने उनले जानकारी दिए । यस आगलगीको कारण भने अझै खुलेको छैन । आगलागीको कारण अनुसन्धानरत रेहको जनाइएको छ । (रासस/सिन्ह्वा)
..jpeg)
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
नयाँ दिल्ली, १२ चैत । भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको

उत्तर कोरिया संसारकै लागि त्रास : पूर्व राष्ट्रपति ओबामा
टोकियो, ११ चैत । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् । उनले भने ‘उत्तर कोरियाले

राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी
नयाँदिल्ली, १० चैत । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा ले भारतीय संसद्को माथिल्लो सदन राज्य सभामा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार
प्रतिकृया दिनुहोस