नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

जनतापोस्ट

janataPost

काठमाडौँ, १२ चैत । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

 

शर्मा र राणाले चार पाँच महिना अगाडि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुन्छ भन्दै ठगी गरेका थिए । उनीहरुबाट २० जनाभन्दा बढी व्यक्ति ठगिएको अनुसन्धानमा खुल्न आएको प्रवक्ता थापाले बताए । ‘नेपालमा दर्ता नभएको कम्पनीले जति लगानी गर्यो त्यति धेरै नाफा हुने भन्दै पीडितलाई कुनै प्रमाणसम्म नदिएर ठगी गरेको पाइएको छ’, प्रवक्ता थापाले भने। (रासस)

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत ।  माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

काठमार्डौ, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक