भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
..jpeg)
नयाँ दिल्ली, १२ चैत । भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो ।
आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो दुर्घटना भएको हो । उक्त रिक्सामा १४ जना यात्रु रहेका थिए । अरु यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार निकै रफ्तारमा रहेको सो रिक्सा अनियन्त्रित भई अकस्मात खसेर दुर्घटनामा परेको थियो ।
प्रहरीले दिएको जानकारीअनुसार उक्त रिक्सामा धेरैजना यात्रु राखिएको र द्रुत गतिमा चलाउँदा अनियन्त्रित भई सडकबाट खसेको थियो । दुर्घटनाबाट सो रिक्सामा रहेका चार जना महिला र छ बालबालिकाको ज्यान गएको छ । बाँकी चारजना घाइतेको यहाँको स्थानीय अस्तालमा उपचार भइरहेको छ । (रासस/सिन्ह्वा)
..jpeg)
‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु
मस्को, १२ चैत । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ किनमेल केन्द्र मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु

उत्तर कोरिया संसारकै लागि त्रास : पूर्व राष्ट्रपति ओबामा
टोकियो, ११ चैत । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् । उनले भने ‘उत्तर कोरियाले

राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी
नयाँदिल्ली, १० चैत । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा ले भारतीय संसद्को माथिल्लो सदन राज्य सभामा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार
प्रतिकृया दिनुहोस