मन्त्रीपरिषद बैठक : जिसस संयोजकलाई रातो पासपोर्ट

janataPost

काठमाडौं, १२ चैत । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले कूटनीतिक राहदनी प्रयोगकर्ताको सूची संसोधन गरेको छ । बैठकले जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने निर्णय गरेको छ भने गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने निर्णय गरेको हो ।


प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकले कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट पाउनेछन् भने गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने  सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । बैठकले रक्षाको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । साथै १२ चुनावको समयमा भएका बम विस्फोटका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि भएको छ ।

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

राष्ट्रपतिले चैत १५ गते संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ ।  मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन अध्यादेश पेस हुने

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ । बैठकमा शुक्रबार दर्ता