प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

janataPost

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको पहिलो बैठक आज दिउँसो १ बजे र दोस्रो बैठक आजै ३ बजे बस्ने तयारी भएको प्रदेशसभा सचिवाललयले बताएको छ । 


पहिलो बैठकमा सरकार गठनबारे जानकारी गराउने बताइएको छ । बैठकमा दुई विधेयक प्रस्तुत गर्ने तयारी छ भने पाँचवटा विषयगत समिति गठनबारे पनि छलफल हुने सचिवालयले जनाएको छ ।


प्रस्तुत हुन लागेका दुई विधेयकमा आर्थिक सार्वजनिक लिखित प्रमाणीकरण र आर्थिक कार्यविधिसम्बन्धी छन् । सार्वजनिक लिखित प्रमाणीकरण आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गर्नेछन् भने आर्थिक कार्यविधिसम्बन्धी विधेयक कैलाश ढुंगेलले पेश गर्ने छन् ।

प्रतिकृया दिनुहोस

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको

भाडाका ३२५ सवारी साधन प्रतिबन्ध

भीमदत्तनगर, १२ चैत ।  चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था