बाँदरको पुच्छर लौरो न हतियार !

जनतापोस्ट

janataPost

हरिकृष्ण कुमाई, जुम्ला । जुम्लाको तिलास्थित मालिकाठाँटाका २ सय ६ जेष्ठ नागरिकका लागि हात परेका मोबाइल सेट ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै भएको छ । गाउँपालिका कार्यालयले वृद्धवृद्धाालाई मोबाइल सेट त दियो तर मोबाइल टावर नहुँदा उनीहरूका लागि मोबाइल केवल खैलौना भएको हो ।


जेष्ठ नागरिकहरूले चाहेको समयमा टाढा–टाढा रहेका आफन्तसँग सजिलै कुरा गर्न सकुन् भनेर एमटीएस स्काई सिम लाग्ने मोबाइल सेट वितरण गरिएको छ । ‘मोबाइल वितरण गरे पनि अझसम्म यहाँ मोबाइलको टावर बनेको छैन न त नेटवर्कले नै काम गर्छ’ तिला गाँउपालिका ८, पुरु गाँउका हरिकृष्ण ७० वर्षे कुमाईले दुखेसो पोखे, ‘यो भाँडो त हामीलाई कामै नलाग्ने भयो । हाम्रो कुरा केन्द्रमा पु¥याइदिनु प¥यो । सबैलाई सुनाइदिनु प¥यो ।’
 

अझ अचम्म त के छ भने वृद्धवृद्धाहरू आफूलाई गाउँपालिकाले उलब्ध गराएका मोबाइल सेटबाट खुशी हुनुको सट्टा सशंकित बनेका छन् । कारण हो– गाउँपालिका कार्यालयले नयाँ र अग्रगामी काम गरियो भन्दै प्रचारबाजीसहित वितरण गरेका मोबाइल सेट, जुन स्थानीय बजारमा प्रतिथान ९ सय ५० रुपियाँमा बिक्री गरिन्छ । तर गाउँपालिकाले ती सेटहरू प्रतिथान ११ सय रुपियाँमा खरिद गरी वृद्धाहरूलाई वितरण गरेको थियो । 


‘नेटवर्क नै नभएको स्थानमा मोबाइल सेट किनेर बाँडियो, त्यो पनि बढी मूल्यमा । हामीलाई यो कुराले शंका उब्जाएको छ,’ स्थानीय रामसिंह बस्नेत भन्छन्, ‘यसमा कमिसनको चक्कर रहेछ भने गाउँपालिकाका प्रतिनिधिलाई पाप लाग्छ ।’


त्यसो त मोबाइल पाए पनि यहाँका अधिकांश वृद्धाहरूले त्यो सेट चलाउनसमेत जानेका छैनन् । मालिकाठाँटाका स्थानीय बासिन्दा अमरबहादुर बस्नेत भन्छन्, ‘हामीलाई मोबाइलको सट्टा न्यानो कपडा अथवा रेडियो दिएको भए लाभदायक हुन्थ्यो ।’ उनका अनुसार, वृद्धावृद्धालाई वितरण गरिएका मोबाइल सेटको चार्ज एक घण्टा पनि टिक्दैन । र, वितरण गरिएको मोबाइल सेटमा न रेडियो सुन्न सकिन्छ न त अन्य अडियो नै ।


‘पहिले राज्यले कर्णालीलाई ठग्यो, अहिले आफ्नै गाउँपालिकाले,’ तिलाका स्थानीय माया बस्नेत भन्छिन्, ‘यो मोबाइल न खान मिल्छ न लगाउन । यसको सट्टा पोषिलो खानेकुरा दिएको भए राम्रो हुन्थ्यो ।’ मोबाइल फोन जेष्ठ नागरिकका नाति–नातिनाहरूले खैलौनास्वरूप चलाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

एक्स–रे मेसिन प्रयोगविहीन, बिरामीलाई समस्या

बैतडी, ३० पुस । जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । प्राथमिक

प्रधानसेनापति र थाइल्याण्डका राजदूतबीच भेट

काठमाडौं, पुस २८ (जपोस) प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि थाइल्याण्डका राजदूत भकवत तान्सकुल बीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी

उच्च ब्याजले थिचिँदै साना संस्था

  जनतापोस्ट संवाददाता काठमाडौं २६ पुस ः वाणिज्य बैंकले बढाएको निक्षेपको ब्याजदरको चपेटामा साना वित्तीय संस्था परेका छन् । विकास बैंक र फाइनान्स