मौसम खराबीले दुर्घटना

जनतापोस्ट

janataPost

कौशिला कुँवर काठमाडौं। २०७४ जेठ १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्लाका लागि उडेको गोमा एयर (समिट एयर) को कार्गाे उडान मौसम खराबीका कारण दुर्घटना भएको पुष्टी भएको छ।

दुर्घटनापछि सरकारले गठन गरेको पाँच सदस्यीय हावइ जाँच आयोजले घटनाको छानविन गरको हो।

आयोगले तयार पारेको प्रतिवेदन शुक्रबार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवलाई हस्तान्तरण गरेको हो। विमान अवतरणका क्रममा धावनमार्ग सम्म नपुग्दै दुर्घटना हुँदा चालक दलका दुईजना पाइलट र कोपाइलटको निधन भएको थियो।

जाँचका क्रममा आयोजले दुर्घनटास्थलको स्थलगत भ्रमण, सम्बद्ध व्यक्ति, संस्था तथा पदाधिकारीसँग छलफल, सम्बन्धित कागजातलगायत अध्ययनसँगै, मेडिकल रिपोर्ट एवम् मानवीय कारणसँग जोडिएका सामाजिक, आर्थिक पक्षको अध्ययन गरेको उल्लेख छ ।

दुर्घटनाग्रस्त विमानको सीभीआर र एफडीआर आदि उपकारलगायत जाँच गरेको आयोगले जनाएको छ। बिग्रँदो मौसमी अवस्थामा अगाडि बढ्दै जाँदा विमान लुक्लाभित्र प्रवेश गर्दा मौसम अझै प्रतिकुल बन्दै गएका कारण दुर्घटना हुन पुगेको हाइव दुर्घटना आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनमा जहाज अवतरण गर्ने क्रममा विमान एकाएक दाँयातर्फ डिभेट हुनपुगेको र वादलभित्र रहेको विमानको अवस्थाको राम्रो जानकारी नभएकोले उचाइँभन्दा तल पुगेको, चालक दलले गल्ति सहशुस गरुन्जेल धेरै ढिला भइसकेकोले विमान दुर्घटना भएको उल्लेख छ।

जहाज विमानस्थलको धावनमार्ग भन्दा १ सय ३० फिट वर भिरालोमा दुर्घटनाग्रस्त भएको थियो।

आयोगको अध्ययनले जहाज दुर्घटनाको मुख्य कारण जोखिमपूर्ण भौगोलिक अवस्था र प्रकृति मौसम, चालक दलले जोखिमपूर्ण अवस्थामा अपनाउनुपर्ने तत्कालीन सचेतना अपनाउन नसक्नु लगायतका विषयलाई उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

निर्वाचनपछि पनि भारतको नेपाल नीति उस्तै 

वीरेन्द्र केएम  काठमाडौं ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर पनि भारतले अझै आफ्नो धारणामा कुनै