१६ लाख लुट्ने गिरोहका सदस्य प्रहरी नियन्त्रणमा 

जनतापोस्ट

janataPost

काठमाडौं, १८ माघ । महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीमा लुट्ने एउटा गिरोहका ४ सदस्यलाई बुधबार नियन्त्रणमा लिएको छ । गएको साता भक्तपुरको सूर्यविनायकमा धम्की दिई १६ लाखभन्दा बढी यो समुहले लुटेको थियो । सूर्यविनायक नगरपालिका–८ मा मनोहर बस्नेतको घरमा कोठा भाडामा लिएर बस्ने रामबहादुर तामाङको कोठाबाट सुनका गरगहना तथा पैसासहितको गिरोहलाई बुधबार नियन्त्रणमा लिएको हो । 


रामेछापको दोरम्बा गाउँपालिका–४ का ४० वर्षे भोजबहादुर थापामगर, सिन्धुलीको मरिण गाउँपालिका–८ का ४० वर्षे रत्नबहादुर तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–८ का अमृत तामाङ र धुलिखेल नगरपालिका–१०का २७ वर्षे सानुकान्छा ब्लोनलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 


उनीहरूको साथबाट प्रहरीले पगालेको सुनको ढिका ६ तोला, नोकिया मोबाइल १ थान, बा८३प ३७७३ नम्बरको एउटा एफजेट मोटरसाइकल र पीडितको घरबाट चोरी भएको एउटा ज्याकेट बरामद गरेको छ । पक्राउ गरिएका मध्ये भोजबहादुर थापामगर र रत्नबहादुर तामाङ चोरी तथा डकैती मुद्दामा जेल परेर २०७४ सालको गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर भक्तपुर पठाइएको अपराध महाशाखाले जनाएको छ । लुटेरा समूहले १० माघ राति २ बजे रामबहादुरका परिवारका सदस्यलाई डोरीले बाँधेर पेस्तोल र खुकुरी देखाई १६ लाखभन्दा बढीको धनमाल लुटेका थिए । 


चार जना अझै फरार 
घटनामा संलग्न भएका ४ जना पक्राउ परे पनि अन्य चार जना अझै फरार छन् । रामेछापको दोरम्बा गाउँपालिका–४ का २६ वर्षीय रोहितबहादुर थापामगर, सिन्धुपाल्चोक मेलम्चीका २३ वर्षीय दीर्घबहादुर तामाङ्, ललितपुर भैंसेपाटीका ४३ वर्षीय बिनोद तामाङलाई प्रहरीले खोजी कार्य जारी राखेको छ । उनीहरू पेसेवर लुटेरा भएको प्रहरीले जनाएको छ । 


यसरी बन्यो योजना 
लुट्नु भन्दा केही दिन अघिदेखि उनीहरूले घरको निगरानी गरेको अनुसन्धानका क्रममा खुलेको छ । लुट्ने दिन पनि उनीहरू आठै जना साँझ ८ बजे भक्तपुरको जगातेमा जम्मा भएका थिए । उनीहरू पीडितको घर नजिक रहेको एक होटलमा गएर खाजा खाएका थिए । सोही योजनाअनुसार उनीहरूले पेस्तोल, खुकुरी, डोरीको बन्दोबस्त गरी लुटेको अनुसन्धानका क्रममा प्रहरीले बयान लिएको छ । 


लुट्न प्रयोग गरिने सामानको बन्दोबस्त गरेपछि उनीहरूले पीडितको घर नजिक गणेश चोकस्थित खेतमा बसेर घरका सबै मानिस नसुतुन्जेल राति ९ बजेसम्म निगरानी गरेका थिए । त्यसपछि राति २ बजे झ्याल ढोका फोडेर आठै जना भित्र प्रवेश गरेका थिए । 


पूर्व योजनाअनुसार परिवारका सदस्यलाई डोरीले बाँधेर कराइस् भने गोली ठोक्छु भन्दै गरगहना, मोबाइल पैसा लुटेको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । लुटीसकेपछि घरको कम्पाउण्डमा पार्किङ गरिराखेको बा८५प ७८५० नम्बरको मोटरसाइक समेत चोरी गरेको थिए । केही लुटेरा मोटरसाइकलमा सवार भएका थिए भने केही पैदल नै फरार भई जोरपाटीमा आएर पैसाको भागबण्डा गरेको पाइएको प्रहरीले जनाएको छ । 


सुनका गरगहना भने अमृत तामाङले मूर्तिको काम गर्ने सानुकान्छा तामाङलाई २ लाख ९० हजारमा बिक्रि गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत ।  माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

काठमार्डौ, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक